तीन हप्तामै गाढा प्रेम बसेपछि १७बर्षीय युवाले गरे ७१ बर्षीय महिलासँग बिवाह

शुक्रबार, मंसिर १०, २०७३

loading...


साँचो प्रेमले कुनै उमेर,जातभात र धर्म भन्दैन भन्ने भनाई रहेको छ । यसै भनाईलाई चरितार्थ गरेका छन एक जोडीले । लन्डनका यी जोडी हुन्  गैरी र अलमेडा । उनीहरुमध्ये  गैरी अर्थात (केटा)को उमेर मात्र १७ वर्षको छ भने अलमेडा(केटी)को उमेर ७१ रहेको छ । यी दुवै हालसालै बिवाह वन्धनमा बाधिएका छन्  ।
 अलमेडा आफ्नो छोरोको मृत्यु भएपछि चर्चमा हुने श्रदाञ्जली कार्यक्रममा उपस्थित भएकी थिन त्यसैदिन उनी र गैरीबीच पहिलो भेटघाट भएको थियो ।  यसैक्रममा उनीहरुबीच राम्रै चिनजान भयो ।
त्यसपछि अलमेडाले गैरीसँग दिनहुँजस्तो भेट्ने गर्थिन् । र, उनीहरुबीच माया बस्यो । करिब तीन हप्ताको घनिष्टतापछि उनीहरुबीचको माया प्रेमले गाढापन ल्याएको र उनीहरु कहिल्यै नछुट्टिने बाचा गर्दै बिवाह वन्धनमा बाधिएको एक टेलिभिजन कार्यक्रमलाई अन्तवार्ता दिने क्रममा बताएका छन् ।
470 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank