डोनाल्ड ट्रम्प जस्तै देखिने कुकुरले जित्यो बाजी

बुधबार, कार्तिक १०, २०७३

loading...

अमेरिकी राष्ट्रपति चुनावका रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पको जस्तै मुखाकृति तथा पहिरन लगाएको स्पड नामक बक्सर जातको कुकुरले बेलायतमा आयोजित कुकुर प्रर्दशनीे प्रतियोगितामा जित हात पारेको छ ।

स्पडको थुतुनो ट्रम्पकै जस्तो रहेको छ भने उसलाई ट्रम्पकै जस्तै पहिरन लगाइदिएको थियो र कपालको स्टाइल पनि ट्रम्पकै जस्तो बनाउने कोसिस गरिएको थियो ।

बेलायतको ल्यांकसायरको यो कुकुरले एक पिनस्ट्रिम शूट तथा निलो रंगको टाइ लगाएको थियो । दर्जनौँ प्रतिद्धन्दीलाई पछि पार्दै यो झिल्के कुकुरले प्रतियोगितामा पहिलो स्थान हात पार्यो ।

डेली मिररको रिपोर्ट अनुसार अनलाइन रिटेल र्फम बनाना मूनद्धारा आयोजित उक्त प्रतियोगितामा कुकुरहरुलाई एक से एक उत्तम पहिरन सहित उतारिएको थियो ।

बेस्ट ड्रेस्ड डग अर्थात् सबैभन्दा राम्रो पहिरनवाला कुकुरको उक्त प्रतियोगितामा ८२ कुकुरले भाग लिएका थिए । तर स्पडले नै प्रतियोगितामा जित हासिल गर्न सफल भएको छ ।

454 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank