राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले लगाए सर्वसाधारणलाई टीका



काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले विजया दशमीको अबसरमा सर्वसाधारणलाई टीका लगाईदिएका छन् ।  ९ बजेर ५१ मिनेटको शुभसाइतमा टीका तथा जमरा ग्रहण गरेसँगै राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले सर्वसाधारणलाई टीका लगाईदिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न १ बजे विशिष्ट व्यक्तिलाई टीका लगाइदिएर अपराह्न २ बजे पछि सर्वसाधारणलाई टीका लगाईदिएकी थिइन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रधानमन्त्री निवास वालुवाटारमा सर्वसाधरणहरुलाई टिका लगाइदिएका छन् । बालुवाटार सर्वसाधरणका लागि दिउसो ३ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटार खु्ला गरिएको थियो ।

विजया दशमीकै अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि निर्मल निवासमा सर्वसाधरणहरुलाई टिका लगाइदिएका छन् । पूर्वराजा शाह र रानी कमोल शाहले सर्बसाधरणलाई टिका लगाइदिएका हुन । निर्मल निवासमा पूर्वराजाको हातबाट टिका थाप्नेहरु दिनभरी घुँइचो रहको थियो ।

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank