सोमबार सबै मन्त्रीको शपथ हुने: अध्यक्ष दाहाल



चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने गरी आइतबार मन्त्रीको टुंगो लगाइने बताए छन् ।

प्रेस सेन्टर र प्रेस चौतारी नेपाल चितवन शाखाले शनिबार संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा दाहालले उक्त कुरा बताएका हुन् । मन्त्रीका विषयमा पार्टीमा कुनै विवाद नरहेको भन्दै उनले मिडियालाई गम्भीर भएर आधिकारिकता बुझेर मात्रै लेख्न आग्रह गरे । उनले भने–“हिजो नै झण्डै टुंगिएको थियो दुबै पार्टीसँगै बसेर मिलान गर्नु पर्ने भएकाले मात्रै केही कुरा बाँकी रहेका छन् ।” पुराना र नयाँ मिलाएर मन्त्रीमा पठाइने पनि बताए।

चितवनबाट पनि केन्द्रीय सरकारमा प्रतिनिधित्व हुने सम्भावना रहेको दाहालले बताए । सो अवसरमा फरक प्रशंगमा बोल्दै उनले इतिहासका यस्ता महत्वपूर्ण मोडमा ठूला घटना हुने गरेको भन्दै सचेत रहनु पर्नेमा जोड दिए। उनले भने, “अहिले जसरी कम्युनिष्टको एकता बनेको छ । एउटा दुई तिहाई नजिकको सरकार बन्दै छ, प्रतिक्रियावादी शक्तिले नेपालको इतिहासमा खास खास बेलामा यस्ता घटना घटाउने पनि गरेका छन् । त्यसलाई हेक्का राख्नुपर्छ ।”

दाहालले थपे“यो हेक्का राख्नु पर्ने कुरा छ । अहिले नै कही कतै भइहाल्छ भन्नु भन्दा पनि इतिहासका यस्ता मोडमा यसखाले घटना हुने गरेका छन् ।” प्रत्यक्ष कसैलाई ताकेर खतरा होइन तर सचेत नेपाली सबैले हेक्का राख्नुपर्ने र सचेत हुनुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank