पोखरामा बम विष्फोट- पत्रकार र प्रहरी घाइते



पोखरा। पोखराको विजयपुरमा बम विष्फोट भएको छ । बम विष्फोटमा परी दुई जना घाइते भएका छन् । घाइते हुनेमा गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार घनश्याम पाण्ड र प्रहरी हवल्दार कुलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घाईते दुबैजनाको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।उक्त ठाउमा टाइम वम राखिएको सुरक्षाकर्मीले आशंका गरेका छन् ।

वम बन्द आब्हान गरेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले राखेको अनुमान गरिएको छ । पोखराकै नागढुंंगामै फेला परेको शंकास्पद बस्तु भने सुरक्षाकर्मीले निष्कृय पारेका छन् ।

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank