यस्ता छन् संसद् अवरोध खोल्ने तीन विकल्प

संसद् अवरोध खोल्ने तीन विकल्प
प्याकेज सहमति
प्रधानमन्त्री प्रचण्ड संविधान कार्यान्वयन गर्न असन्तुष्ट मधेसी–थारूलगायतसँग सहमति गरेरै निर्वाचनमा जाने योजनामा छन् । उनीहरूलाई सहमतिमा ल्याउन नै उनले संसद्मा संशोधन प्रस्ताव दर्ता गराएका हुन् । प्रधानमन्त्रीले अब संशोधन प्रस्ताव, स्थानीय तहको निर्वाचनसहितका विषयमा कांग्रेस, एमाले, माओवादी, राप्रपा र मधेसी मोर्चाबीच प्याकेजमा सहमति गरेर जान चाहेका छन् । उनले एमालेलाई प्याकेज सहमतिको प्रस्ताव गरिसकेका छन् ।

प्रस्ताव परिमार्जन
प्रधानमन्त्री प्रचण्ड दलबीच सहमति बन्ने अवस्थामा संविधान संशोधन प्रस्ताव अझै परिमार्जन गर्न तयार छन् । संशोधन प्रस्तावमा संशोधन दर्ता गर्ने क्रममा सहमति खोजेर परिमार्जन गरी अगाडि बढ्न सकिने पक्षमा उनी छन् । तर, विधेयक फिर्ता नलिने मनस्थितिमा प्रधानमन्त्री छन् ।

निर्वाचन घोषणा
संसदमा दर्ता भएको संशोधन प्रस्ताव पास–फेल जे भए पनि प्रक्रियामा लैजाने र निर्वाचनको मिति घोषणा गरेर संविधान कार्यान्वयनतिर लाग्ने विकल्पमा जान सकिनेमा पनि प्रधानमन्त्री छन् । कांग्रेस, एमाले, राप्रपा र मधेसी मोर्चासँग छलफल गरेर निर्वाचनको मिति घोषणा गर्ने तयारी उनको छ ।आजको नया पत्रिका दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank