मेरो उम्मेदवारी कुलिनको पक्षमा होइनः गणेशप्रसाद मैनाली

http://nepalpati.com/wp-content/uploads/2017/08/genesh-mainali.jpg

वामपन्थी विद्यार्थी आन्दोलनलाई नयाँ ढँगले अगाडि बढाउनु पर्छ भन्ने विचार राख्ने गणेशप्रसाद मैनाली (जीपी मैनाली) काठमाण्डौँ इन्जीनियरिङ कलेजका २०६५ का स्ववियु सभापति हुन् । सर्लाही घर भएका मैनाली हाल ३ नम्बर प्रदेशमा रही विद्यार्थी आन्दोलनमा सक्रिय छन् । उनी यस अघि अखिल क्रान्तिकारीका केन्द्रीय सचिव समेत रही सकेका छन् । क्रान्तिकारीको हालै चल्दै गरेको २१ औँ राष्ट्रिय सम्मेलनको सन्दर्भमा उनीसँग गरिएको कुराकानी ।

०३६ सालको विद्यार्थी आन्दोलन हेरिकन हालको विद्यार्थी आन्दोदलन किन यतीसुस्त गतिमा ?
०३६ सालको विद्यार्थी आन्दोलनलाई देशमा प्रजातन्त्र ल्याउने राजनीतिक जिम्मेवारी थियो । देश पञ्चायतको चंगुलमा परेर निसास्सी रहेको अवस्थामा हाम्रा अग्रज विद्यार्थी नेताहरुले देशमा प्रजातन्त्र बाहाली गर्न आफ्नो जीवनको आहुति दिएका हुन् । यति भन्दै गर्दा तपाईले भने जस्तो अहिलेको विद्यार्थी आन्दोलन सुस्त गतिमा हिडेको भन्ने कुरा सहि होइन । दोस्रो जनआन्दोलन ०६२र०६३ र त्यसभन्दा अघि जनयुद्धमा लाखौँ विद्यार्थीहरुले गणतन्त्रका लागि आफ्नो आहुति दिएकाले नै तपाई हामीले यो स्वतन्त्रताको उपभोग गर्दैछौँ । तर, हालको विद्यार्थी आन्दोलनले चलाउनु पर्ने जस्तो खाले संघर्षको स्वरुप थियो त्यो भने चुस्त हुन नसकेकै हो ।

तपाईको विद्यार्थी संगठनले बराम्बर उठाएको जनवादी शिक्षा भनेको खासमा के हो ?
हामीले जनवादी शिक्षाका साथै वैज्ञानिक शिक्षाको मुद्धा पनि उठाएका हौँ । आजको भूमण्डलिकृत विश्वमा पुँजीवादका रखवाला पुँजीपतिहरुले शिक्षालाई व्यापारको रुपमा विस्तार गरिसके । शिक्षाको व्यापारिकरणसँगै यसले पूर्ण मानवियता भएको मानव होइन कि नोकरशाह र मेशिन उत्पादन ग¥यो भन्ने हाम्रो ठहर हो । त्यसैले मानवलाई मानव बनाउनका लागि त्यसको विकासमा, व्यक्तित्वमा असर पार्ने शिक्षाको मोडेल पनि त्यहि अनुरुपको हुनुपर्छ ।
हामीले जनवादी शिक्षा अर्थात जनताको संघर्षबाट निर्मित शिक्षाको महत्वलाई स्थापित गर्न जनवादी शिक्षाको अवधारणा अघि सारेका हौँ ।तपाईलाई एउटा सानो उदाहरण दिउँ राष्ट्र निर्माणमा शिक्षाको महत्व कति हुन्छ भन्ने कुरा तपाईले ल्याटिन अमेरिकाको क्युवा भन्ने देश हेर्दा हुन्छ । क्युवामा क्यास्ट्रोले जनतालाई र राष्ट्रलाई बलियो बनाउन जस्तो खाले शिक्षा नीति पारित गरे त्यसबाट हामीले पक्कै पनि शिक्षा लिनु पर्छ । न कि अहिले हामीलाई पूर्ण दास र मेशिन बनाउन पढाईदै गरेको लर्ड म्याकालेको शिक्षा नीति ।

तपाईले कुन प्यानल अन्तर्गत उपमहासचिवमा उम्मेदवारी दिँदै हुनुहुन्छ ?

विद्यार्थी आन्दोलनलाई जुझारु र तिखो बनाउन हामीले निकै ठुलो बहस चलाएका छौँ । यो बहसमा हामीले सबै विद्यार्थी संगठनका साथीहरुलाई सहभागि हुन् आग्रह समेत गरेका छौँ । हामीले हाम्रो शिक्षा नीति, हाम्रो पाठ्यक्रम र यसको उद्देश्यका विषयमा घनिभूत छलफल गर्नु पर्नेछ । यो छलफललाई झनै पेचिलो बनाउँदै विद्यार्थीं आन्दोलनलाई समग्र विद्यार्थीहरुको हितमा डो¥याउन जुन नेतृत्वले इमान्दारीका साथ अगाडि बढ्ने साहस देखाउँछ हामी सबै त्यसैको पक्षमा उभिनुपर्छ । तर म अहिले पनि विद्यार्थीको नेतृत्व को हुने भन्दा पनि किन हुने भन्ने कुरा नै महत्वपूर्ण ठान्छु ।

तपाईको उम्मेदवारीले विद्यार्थी आन्दोलनर शैक्षिक आन्दोलनमा के फरक पर्छ ?
विल्कुल सहि प्रश्न उठाउनु भयो । म एक जना मान्छे यदि यो संघर्षमा खुट्टा कमाउछु भने मेरो उम्मेदवारीको कुनै तुक र अर्थ छैन । म एक जना मान्छे यदि यो शिक्षाको व्यापारिकरणमा सहयोगी सावित हुन्छु भने मेरो उम्मेदवारीको कुनै तुक र अर्थ छैन । म एक जना मान्छे नेपालको शिक्षा नीति, पाठ्यक्रम र शैक्षिक प्रणालीलाई परिवर्तन गर्न विद्यार्थी आन्दोलनलाई पेचिलो बनाउन कुनै भूमिका खेल्न सक्दिन भने मेरो उम्मेदवारीको कुनै औचित्य छैन ।
तपाईले माथि सोधेको प्रश्नमै लैजान चाहन्छु आजको विद्यार्थी आन्दोलन किन कमजोर भयो भन्ने प्रश्नले नै हाम्रो संघर्ष र आन्दोलनको अवस्था देखाउँछ । त्यसैले म यो विद्यार्थी आन्दोलनलाई शहरका कुलिनहरुको पक्षमा होइन कि गाउँका गरिब मुशहर र तामाङको घरसम्म पु¥याउन चाहन्छु । त्यसैले मैले मेरो उम्मेदवारी दिएको हो । वाँकी विद्यार्थी आन्दोलनमा लागेका साथीहरुले मेरो भूमिकाबारे बुझ्नु भएको छ ।
तपाई इन्जीनियरिङ पढेको मान्छे सहज जीवनयापनको बाटो छाडेर विद्यार्थी आन्दोलनमा किन लाग्नु भएको रु
हामी यहि नेर गलत छौँ । हामीले त्यहिँ गल्ती ग¥यौँ जहाँ हामीले राजनीति नपढेका र मजबुर मान्छेहरुले मात्र राजनीति गर्नुं पर्छ भन्ठान्यौँ । के उसो भए शिक्षितहरुसबैले या त जागिर खाने या कुनै दोस्रो तेस्रो मुुलुकको नागरिकता स्विकारेर देश छाड्ने रु अनि राजनीति खराब र भ्रष्टाचारीहरुको हातमा सुम्पेर देश विग्रिएकोमा जिवनभर सरापेर बसी रहने रु हामी शिक्षत र पठित हौँ भन्नेहरुको बुझाई यहीँ गलत रहेको मेरो ठम्याई हो । र अर्को कुरा राजनीति सबै नीतिहरुको पनि माउ नीति हो । यसलाई सुधारेर मात्र हामी असल राजनीतिक व्यवस्थामा टेक्न सक्छाँै ।

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata