बलात्कारको आरोपमा आरआर क्याम्पसका स्ववियु नेता पक्राउ

काठमाडौं । बलात्कारको अभियोगमा रत्न राज्यलक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहांग राई पक्राउ परेका छन् ।

प्रहरीले उनलाई बलात्कार अभियोगमा मंगलबार बिहान पाँच बजे पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त वौद्धले उनलाई जोरपाटीवाट पक्राउ गरेको हो । आरआर क्याम्पसका स्ववियु सहसचिव भएको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र वोगटीले जानकारी दिए ।

पक्राउ परेका राई र पीडित युवतीको दिदीवीच प्रेम सम्वन्ध रहेकोखुलेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार राईले प्रमिकाकी बहिनीलाई मध्यरातमा चक्कु देखाएर बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरी अनुसन्धान शुरु गरएको हो ।

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata