पोखराको त्रिशूली डाँडाबाट बस खस्यो, ३० जना घाइते



कास्की । पोखरा महानगरपालिका–३१ बेगनासको त्रिशूली डाँडामा आज(शुक्रबार) बस दुर्घटना भएको छ ।

बेगनासबाट पोखरा आउँदै गरेको ग१ख ४७७१ नंको बस सडकबाट झण्डै ६० फिट तल खसेको हो ।

इलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख मोहन खाँणका अनुसार दुर्घटनाबाट बसमा सवार करीब ३० जना यात्रु घाइते भएका छन् ।

घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिसकिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata