तेस्रोलिंगीका पीडाः ‘राज्यले नै विभेद गर्छ’



‘संविधानले तेस्रोलिंगी तथा समलिंगीलाई नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ । तर, नागरिकता बनाउनका लागि वडाको सिफारिस लिन जाँदा समस्या भोग्नुपरेको छ’ तेस्रालिंगी आशिका चौधरीले भनिन्, ‘वडाअध्यक्ष तथा वडा कार्यालयमा कार्यरत कर्मचारीहरुले हाम्रो बारेमा राम्रोसंग नबुझ्दा सिफारिस गर्न आनाकानी गर्ने गरेका छन् ।’

‘तेस्रो लिंगीको नामबाट वडा कार्यालयमा सिफारिस लिन जाँदा ‘यो त केटा हो । केटीको नाममा कसरी नाम सिफारिस गरौं’ भन्ने प्रतिक्रिया दिँदै सिफारिस गर्दैनन्’ उनले भनिन् । उनले तेस्रोलिंगी तथा समलिंगीका विषयमा स्थानीय जनप्रतिनिधीहरुलाई जनचेतना फैलाउन आवश्यक रहेको बताइन् ।

हालै धनगढीमा नील हिरा समाजको समन्वयमा राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको लैङ्गिक तथा यौनिक अल्पसंख्यक, ज्येष्ठ नागरिकहरुको मानवअधिकारको अवस्था विषयक अन्र्तक्रियामा जिवनको भोगाइलाई व्यक्त गर्दै उनले भनिन्– ‘समाजमा अझै पनि हामीलाई हेर्ने दृष्टिकोण सुधार हुन सकेको छैन् ।’

उनले अझै पनि समाजले अपशब्द बोल्ने, तेस्रोलिंगि भएकै कारण घरबाट निष्कासन हुनुपर्ने लगायतका समस्या यथावत रहेको बताइन् । आफनो जिवनको भोगाई सुनाउँदै उनले भनिन्– ‘पढ्ने धेरै ठुलो रहर थियो । कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा पढ्न जाँदा त्यहाँ रहेका विद्यार्थीहरुले गर्ने व्यवहारका कारण बिचमै पढाई छोडे ।’

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata