जिल्लाको शैक्षिक विकासमा अध्यक्ष ढकालको योगदान महत्पूर्ण



गोरखा । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालको पहलमा गोरखा जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका रहेको सरोकावालाहरुले बताएका छन् ।

भूकम्पपछि थिलथिलो बनेको गोरखामा ढकालकै पहलमा पहिलोपटक जागेश्वर उच्च मा.वि.को आठ कोठे पक्कि भवन निर्माण गरीएको थियो । करिव एक करोड लगानीमा एक वर्ष भित्रमा नै विद्यालय भवन निर्माण गरिएको थियो । ढकालको पहलमा गोर्खा जिल्लामा मात्रै एक दर्जन भन्दा बढी पुस्तकालय तथा विद्यालय भवनहरु निर्माण भएका छन् ।

School bilding

गोरखा जिल्लाका नेता रहेका ढकाल शुक्रबार पनि विद्यालय भवन हस्तान्तरण कार्यक्रममा सहभागि हुन् गोरखा पुगेका थिए । उनकै पहलमा निर्माण भएको भीमसेन गाउपालिका ८, गोर्खा स्थित श्री भवानी प्राथमिक विद्यालयको ४ कोठे पक्कि भवन गाउपालिकाका दूई वडा अध्यक्षको उपस्थतिमा विद्यालय हस्तान्तरण गरे । सो कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले भुकम्पको कारण विद्यालयको पुरानो भवन पूर्ण रुपमा क्षति भएको र विद्धार्थीहरु खुला आकासमा अध्ययन गर्न बाध्य भएको दृश्य सहन नसकी विद्यालय भवन निर्माण गरेको जानकारी दिए ।

२०४५ सालमा स्थापना भएको विद्यालय भवन भुईचालो पश्चात टहरामा सञ्चालन गरिएको थियो । भवन निर्माणमा सहयोग गर्ने युनिभर्सल पिस फेडेरेसन, विश्व शान्ति तथा एकीकृत परिवार संघ र तथा अन्य दाताहरुको सहयोगबाट निर्माण भएको भन्दै ढकालले आफूले समन्वयकारी भूमिका खेलेको बताए । उनले विद्यालयको उचित सदुपयोग र संरक्षण गर्न स्थानीयवासीलाई आग्रह गर्दै शैक्षिक क्षेत्रको विकासमा आँफु सदैव लागि रहने बताए । भीमसेन गाउपालीका ७ का बडा अध्यक्ष नारायण श्रेष्ठ र ८ का अध्यक्ष बाँसु थापाले अध्यक्ष ढकालले गोर्खा जिल्लाको शैक्षिक विकासमा गर्नु भएको योगदानको उच्च प्रसंशा गरे । उनीहरुले ढकालले आफ्नो गाउँको नाम विश्वमा परिचीत गराएको भन्दै भिमसेन थापा जन्मेको स्थानमा संग्राहलय निर्माण गर्नको लागि पहल गरिदिन आग्रह गरे ।

57227768_283459215909970_6221538021229985792_n

नेपाल प्रहरीका पूर्व डीआइजी डा श्याम नेपाल, परिवार दलका प्रवक्ता सन्तोष पौडेल, परिवार दलका गण्डकी प्रदेश संयोजक प्रकाशबाबु थापा लगायतले शुभकामनाव्यक्त गरेका थिए । विद्यालय व्यस्थापन  समितिका अध्यक्ष हर्कबहादुर खत्री विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद रेग्मीले विद्यालय बनेपनि यस्मा चाहिने फर्निचर, शौचालय लगायतको अभाव रहेको बताए । ३३ लाख रुपैयाँको लगानीमा भवन निर्माण गरिएको हो ।

अध्यक्ष ढकाल सरस्वती मा.वि., जागेश्वर उच्च मा.वि. लगायत विद्यालयको शैक्षिक विकासको बारेमा विद्यलय व्यस्थापन समति र शिक्षक शिक्षिकाहरुसँग अन्तरक्रिया समेत गरेका थिए । ढकालले ती कार्यक्रममा बोल्दै नेपालको शैक्षिक स्तर उकास्न विद्धालयहरुको भौतिक पूर्वाधारको विकास गर्नु पर्ने बताए । उनले शैक्षिक क्षेत्रलाई राजनैतिक हस्तक्षेप मुक्त बनाउनु पर्नेमा जोड दिए । उनले सामाजिक कार्यमा नागरिकहरु सबैखाले भिन्नताका बाबजुद  एकजुट भएर लागिपरे छोटो समयमा समाजमा सकारात्मक परिबर्तन गर्न सकिने बताए । दलका प्रवत्ता सन्तोष कुमार पौडेलले गोरखा दलको पहलबाट निर्माण भएका बिद्यालयले सयौं  विद्यार्थीहरु लाभान्वित भएको बताए ।अध्यक्ष ढकालले जिल्लाको विभिन्न क्षेत्रको भ्रमण गरि स्थानीयसंग अन्तरक्रिया तथा निर्माणाधीन योजनाहरुको अवलोकन गरको दलका अध्यक्ष रबिन्द्र थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata